तोलामा १७ सयले बढ्यो सुनको मूल्य

नवलपुर टुडे
२०७९ फाल्गुन २८ | बिहान ११:११ बजे

काठमाडौ, फागुन २८ । नेपाली बजारमा सुनको मूल्य आज एकै दिन तोलामा १७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको मूल्यसूची तोक्दै तोलामा १७ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो ।
यस्तै, महासंघले आज चाँदीको मूल्य समेत बढेको जानकारी दिएको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै,चाँदीको मूल्य तोलामा १ हजार २४५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदी प्रतितोला१ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।





