सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, २४ जना घाइते

नवलपुर टुडे
२०७९ फाल्गुन २८ | बिहान १०:११ बजे

सिन्धुली, फागुन २८ । सिन्धुलीको फिक्कल गाउँपालिका – ४ कुइभिरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहान सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा २४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिले उद्धार जारी छ । मृतक तथा घाइतेको नाम नखुलेको प्रहरीले जनाएको छ ।





