समाचार

    पत्रकार ऐरमाथि आक्रमण 

    नवलपुर टुडे
    २०७९ फाल्गुन २८ | बिहान ०९:११ बजे

      धनगढी । धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण गरिएको छ । शनिवार राति उनीमाथि आक्रमण गरिएको हो।

      धनगढीखबरमा कार्यरत पत्रकार ऐरमाथि शनिवार राति ९ बजेतिर रुवस होटलमा आक्रमण भएको पत्रकार मोहन पनेरुले बताए। पनेरुका अनुसार ऐर रुवस होटलको प्रवेशद्धवारमा अचेत अवस्थामा भेटिएका थिए। ऐरको टाउकोमा गम्भिर चोट लागेको छ। ऐरका शनिवार राति सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको छ।

      उनको टाउकोमा पाँच वटा टाँका लागेका छन्। पत्रकार ऐरलाई धारिलो हतियार वा सिसाले आक्रमण गरेको हुन सक्ने पत्रकार पनेरुले बताए। समाचारको विषयलाई लिएर अस्पताल व्यवसायी तथा औषधि व्यवसायीहरुले पत्रकार ऐरमाथि आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।

      कैलाली प्रहरीलाई मौखिक जानकारी दिइएको छ। आइतवार घटनाको विषयमा थप अनुसन्धान हुने पत्रकार महासंघले बताएको छ।
       

        कमेन्टहरु