देश

    लोसपा, जनमत र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

    नवलपुर टुडे
    २०७९ फाल्गुन २७ | मध्यान्ह ०७:११ बजे

      काठमाडौं, फागुन २७ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको लागि सहमति भएको छ । 

      लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कार्यगत एकता गर्ने सहमति गरेका हुन् । कार्यगत एकताबारे प्रतिक्रिया दिँदै जनमत पार्टीका अध्यक्ष राउतले विभिन्न एजेन्डाहरूमा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिए ।

      उनले उपराष्ट्रपतिको निर्वाचन, मधेस र थरूहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, राजबन्दीहरूको रिहाइ, विगतका सहमतिहरूको कार्यान्वयनसहितका एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्न लोसपा, नाउपा र जनमत पार्टी सहमत भएको बताएका छन् ।

      उनीहरूबीच उपराष्ट्रपति निर्वाचनमा पनि सहकार्य गर्ने निर्णय भएको छ । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाएको छ ।

      photo 2023 03 11 19 45 41

        कमेन्टहरु