देश

    उपराष्ट्रपति निर्वाचन : रामसहायविरुद्ध ममता झाले दिइन् उजुरी

    नवलपुर टुडे
    २०७९ फाल्गुन २७ | मध्यान्ह ०७:११ बजे

      काठमाडौं, फागुन २७ । उपराष्ट्रपति पदका लागि सत्तारुढ गठबन्धनका उमेदवार रामसहाय प्रसाद यादवविरुद्ध जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएकी छन् । 

      झाले राष्ट्रपति पदमा खस आर्य समुदायबाट पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने भन्दै जनता समाजवादी पार्टीका उमेदवार यादवविरुद्ध उजुरी दिएकी हुन् । 

      यसअघि यादवविरुद्ध नेकपा (एमाले)की उम्मेदवार अष्टलक्ष्मी शाक्यले पनि उजुरी दिएकी छन् ।

      photo 2023 03 11 19 40 52

        कमेन्टहरु