बोखारी शरिफ कार्यक्रम आइशा गर्ल्स कलेजमा सम्पन्न


कपिलवस्तु, फागुन २७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कलेजमा बोखारी शरिफ कार्यक्रम सम्पन्न भएको छ ।
आइशा गर्ल्स कलेजका अध्यक्ष डा. मंजूर अहमद खांको अध्यक्षता तथा पलुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ईस्लाम धर्मको कुरान सरिफपछि दोस्रो पवित्र पुस्तक मानिएको छ । त्यो पुस्तकलाई बोखारी शरिफ भन्ने गरिएको मौलाना जहिर अहमद बरेल्वीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मशहूद खां नेपालीले ३७ जना छात्राले बोखारी शरिफ पुस्तक सिकाई गरेकोप्रति आफूले गर्व गरेको तथा छात्राहरूको आगामी उज्वल भबिष्यको कामनासहित विद्यालय र शिक्षक परिवारलाई हृदय देखि धन्यवाद दिँदै छात्राहरूको आगामी यात्रा मानवता तथा आफ्नो परिवार र समाजलाई सधै सम्मान गरि आफ्नो नाम उच्च बनाउन समेत अपिल गरे ।
बोखारी सरिफ अन्तिम अध्याय डा. अब्दुल गनि अल्कूफीद्वारा प्रस्तुत गरिएको थियो । उनी उक्त धार्मिक पुस्तकको गर्ल्स कलेजमा प्रोफेसर समेत हुन् ।कार्यक्रममा बोल्दै शैख अब्दुल रशीद मदनीले छात्राहरूले गरेको सिकाइ आफ्नो जीवनमा लागू गर्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष मंजूर अहमद खांले छात्राहरू बोखारी पुस्तक सिकाई गरि जाँदै गरेको अवस्थामा आगामी सिकाई सफलताको शुभकामनाका साथ आइशा गर्ल्स कलेज छात्राहरूको सुख दुःखमा सधै साथ रहने बताए ।
कार्यक्रममा शहाबुद्दीन मदनी, मौलाना अब्दुल रशीद मदनी, मौलाना एहसानउल्ला रहमानी, वशीर सल्फी, मो. सफिउल्ला मदनी, मौलाना अब्दुल रशीद रियाजी, मौलाना खालिद सिराजी, मौलाना रियाज अहमद उमरी, मौलाना अब्दुल जलील रियाजी, मौलाना सफिउलहक नदवी , मौलाना अब्दुल सत्तार फैजी, हाफिज तारिक फैजी, मोहम्मद आमिर, मौलाना असल्म सल्फी मदनी लगायतको सहभागिता रहेको थियो ।





