देश

    तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते

    नवलपुर टुडे
    २०७९ फाल्गुन २७ | मध्यान्ह ०६:११ बजे

      तनहुँ, फागुन २७ । तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शनिबार दिउँसो सवा ३ बजे पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका-१ नाहाला गाडी दुर्घटना भएको हो ।

      दमौलीबाट डुम्रे जाँदै गरेको बाग्मति प्रदेश ०६-००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ ।

      यस्तै अन्य घाइते सात जनालाई काठमाडौंस्थित ट्रमा अस्पतालमा पठाइएको छ । चालक नवीन राईको भने तनहुँमै उपचार भइरहेकको छ ।

        कमेन्टहरु