देश

    उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता गर्न अष्टलक्ष्मी शाक्य पुगिन् बानेश्वर

    नवलपुर टुडे
    २०७९ फाल्गुन २७ | मध्यान्ह १२:११ बजे

      काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शक्य उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न वानेश्वर पुगेकी छन् ।

      एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्य उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय वानेश्वर पुगेकी हुन् ।

      उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्ट लगायत पनि बानेश्वर पुगेका छन् ।

      एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

        कमेन्टहरु