देश

    सर्बोच्चमा प्रचण्डविरुद्धको प्रारम्भिक बहस सकियो, आजै आदेश आउने सम्भावना 

    नवलपुर टुडे
    २०७९ फाल्गुन २६ | मध्यान्ह ०२:११ बजे

      काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा प्रारम्भिक बहस सकिएको छ । 

      सर्वोच्चका अन्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ताहरूले बहस गरेका छन् । 

      उनीहरूले प्रचण्ड स्वंयले पाँच हजार हत्याको जिम्मा लिने भनेर बोलेकाले उनलाई पक्राउ गरी अनुसन्धान गर्न अन्तरिम आदेश माग गरेका छन् ।

      न्यायाधीश खतिवडाका इजलासले आजै आवश्यक आदेश दिने तयारी गरेको बताइएको छ ।

        कमेन्टहरु