देश

    प्रधानमन्त्री प्रचण्डविरूद्धको मुद्दा ईश्वर खतिवडाको इजलासमा

    नवलपुर टुडे
    २०७९ फाल्गुन २६ | बिहान ११:११ बजे

      काठमाडौं, फागुन २६ । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा हुने भएको छ ।

      बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा परेपछि आज फेरि पेसी तोकिएको हो । उक्त रिटको न्यायाधीश खतिवडाको इजलासको ११ औं नम्बरमा परेको हो ।

      ३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित द्वन्द्वमा मारिएकाका आफन्तले उनीविरुद्ध दुईवटा रिट दर्ता गराएका छन् ।

        कमेन्टहरु