समाज

    पश्चिम नवलपरासीमा एक दाम्पतीले गरे, दाईजो प्रथाको अन्त्यका लागि उदाहरणीय मागि बिवाह

    नवलपुर टुडे
    २०७९ फाल्गुन २६ | बिहान १०:११ बजे

      रामजि प्रजापति
      परासी । देशका तराई जिल्लामा दाईजो प्रथा अन्त्य गर्न राज्यलाई मुश्किल परिरहेको बेला पश्चिम नवलपरासीमा भने दाईजो प्रथाको अन्त्यको लागि एक दाम्पती उदाहरणीय बनेका छन । पश्चिम नवलपरासीको सरावल – ३ र रामग्राम – ४ को जितपुरमा दाईजो मुक्त बिवाह सम्पन्न भएको छ ।

      सरावल गाउँपालिका- ३ का महेश कोहार र रामग्राम नगरपालिका- ४ जितपुरको रोशनी कोहार बीच मागी बिवाह सम्पन्न भएको छ । उनीहरुले बिना दाईजोको पनि बिवाह हुन्छ र ? भन्ने प्रश्नमा धुमधामसंग हुन्छ भनेर नव बिवाहित दम्पतीका अभिभावकहरुले नवलपरासीमा अहिले नमुनामा पर्न सफल भएका छन ।

      photo 2023 03 10 10 23 32

      नवलपरासीका स्थानीयहरुले यो बिवाह देखेर अन्य समुदायमा पनि केही सोचको परिवर्तन हुन्छ की भन्ने रामग्राम – ४ जितपुरका स्थानीयहरुले आशा लिईएको छ ।

      बेहुलाको अभिभावक उनको ठुलो दाइ हुनुहुन्छ उहाँको सोच पहिलैदेखि दाईजोको नामबाट घृणा थियो । उनको अगुवाईमा बिना दाईजोको आफ्नो सानो भाईको बिवाह गराएर कोहार समाजमा नयाँ सोच सृजना गरेका छन । उनको बिचारमा दाईजो लिन र दिन दुईटै पाप र कानुन बिपरित हो ।

      यस्तै,सोच हरेकले राखे भने दाईजोको लागि गरीबको छोरी अबिवाहित भएर बस्न पर्दैन । दाईजोको लागि कुनै छोरी जल्न पाउदैनन् , कसिलो डोरीले कुनै रुखमा झुन्डिएर आत्महत्या वा हत्या गर्न पर्दैन । अरुलाई बदल्नु भन्दा आफूबाट सुरुवात गर्न जरुरी छ र सोच परिवर्तन गरेर नया अनुभुती पनि गर्न एकदमै जरुरी छ ।

      photo 2023 03 10 10 23 38

      बेहुली रामग्राम – ४ जितपुरको चौथी प्रसाद कोहारको छोरी हुन । चौथी प्रसाद कोहार एक समाजसेवी ब्यक्तित्वको साथ साथै पढेलेखेका ब्यक्ति पनि हुन । उनी पहिलै देखि दाईजो प्रथाको अन्तयको लागि गोष्टि कार्यक्रम चलाउदै आएका ब्यक्ति हुन । उनको पहिलैदेखि सोच थियो की सुरुवात आफुबाट गर्छु । पछि अन्यले गर्ने छन भनी आस बोकेका छन ।

        कमेन्टहरु