देश

    राष्ट्रपतिमा काँग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित

    असिम कामु
    २०७९ फाल्गुन २५ | मध्यान्ह ०५:११ बजे

      काठमाडौं, फागुन २५ । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

      संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले प्रदेशतर्फ ७ हजार ७७६ र संघतर्फ ७ हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाए ।

      पौडेललाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टीले समर्थन गरेका थिए ।

        कमेन्टहरु