पश्चिम नवलपरासी : अन्तर्राष्ट्रिय महिला दिवस सम्बन्धि कार्यक्रम सम्पन्न


नवलपरासी, फागुन २४ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप) र रोटरी क्लब नवलपरासीको संयुक्त आयोजनामा ११३औँ अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ । नवलपरासीको रामग्राम नगरपालिका – ३ स्थित परासी क्याम्पसको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अथितिमा नगरपालिकाका नगर उप- प्रमुख श्री सम्झना चौधरी र अतिथिहरुमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक बिनोद सिलवाल र प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे लगायत विभिन्न महिला संघ संस्था, महिला कर्मचारी, पत्रकार लगायत स्थानिय भद्रभलाद्मी, वुद्धिजिवि, समाजसेवी, जनप्रतिनिधिहरु रहेका थिए ।
करिब ६० जनाको उपस्थितीमा “लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ सुचना प्रविधि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तै ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासी (बसुप) र सुनवल नगरपालिकाको संयुक्त आयोजनामा ११३ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सुनवल नगरपालिका – १ सोमनाथस्थित बालउत्थान केन्द्रको भवनमा “लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ कार्यक्रम सम्पन्न भएको छ ।
नगर कार्यपालिकाका प्रमुख श्री बिमला अर्यालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा विभिन्न महिला संघ संस्था, महिला कर्मचारी, पत्रकार लगायत स्थानिय भद्रभलाद्मी, वुद्धिजिवि, समाजसेवी, जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । उक्त सूचना प्रविधि सम्बन्धी अभिमुखिकरण कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो ।
साथै ईलाका प्रहरी कार्यालय महेशपुरको आयोजनामा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप) को प्राङ्गणमा “लैङ्गिक समानताको बलियो आधारःसिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय मुल नाराका साथ ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आशिष सामाजिक सेवा नेपाल, आफन्त नेपाल र स्थानीय महिलाहरु गरी करिब २५/३० जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप) का प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।






