समाचार

    महिलामात्रै रहेको चालक दलका सदस्यलाई विमानस्थलमा पर्यटनमन्त्री किराँतीद्वारा स्वागत

    नवलपुर टुडे
    २०७९ फाल्गुन २४ | मध्यान्ह १२:११ बजे

      काठमाडौ । नेपालको इतिहासमा पहिलोपटक महिलाहरू मात्रै रहेको चालक दलले राष्ट्रिय ध्वजावाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेकाे छ ।

      पाइलटद्वय भावना पन्त गिरी र सिर्जना राउतको चालक दलले नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेको हो ।उनीहरूलाई आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

      निगमको उडान इतिहासमै पहिलोपटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका हुन् ।

        कमेन्टहरु