धर्म–संस्कृति/रीतिथिति

    राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालद्वारा शब-ए-बारातको शुभकामना

    नवलपुर टुडे
    २०७९ फाल्गुन २४ | बिहान ०७:११ बजे

      कपिलवस्तु, फागुन २४ । राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालद्वारा शब-ए-बारातको शुभकामना दिएको छ l मुस्लिमहरूको चाडपर्व शब-ए-बारात को अवसरमा मुस्लिम समुदाय लगायत स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ ।

      इबादत, रहमत, मगफिरतको रात्रि शब -ए-बारात पर्वमा अल्लाहले सबैलाई माफ गरून भन्ने भावका साथ पर्व मनाइने गरिएको राष्ट्रिय मुस्लिम मदरसा संगठन, नेपालका संरक्षक अकरम पठानले जानकारी दिए ।

        कमेन्टहरु