धर्म–संस्कृति/रीतिथिति

    प्रवक्ता पठानले दिए होलीको शुभकामना

    नवलपुर टुडे
    २०७९ फाल्गुन २३ | मध्यान्ह ०७:११ बजे

      कपिलवस्तु, फागुन २३ । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले नेपालीको उल्लासपूर्ण चाड होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

      शुभकामना सन्देश दिदै शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्लपूर्णिमाका दिन मनाइने यस अवसरमा आफन्तसँगको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्षबढाइँका साथ होली पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने महत्वका साथ हेरिने बताएका छन् ।

      उहांले होली पर्वको लोकप्रियतालाई बचाइ राख्न कसैलाई पनि ईच्छा विपरीत रङ नलगाउनु, कसैलाई पनि दुर्व्यवहार नगर्नु हुन र अवाञ्छित क्रियाकलाप नगर्न, नगराउनु हुन अनुरोध गरेका छन् ।

        कमेन्टहरु