धर्म–संस्कृति/रीतिथिति

    आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदै

    नवलपुर टुडे
    २०७९ फाल्गुन २३ | बिहान ०७:११ बजे

      बुटवल । रंगहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदै छ। पहाडमा सोमबार नै होली मनाइएको छ। त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ। होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।

      पहाडी जिल्लामा सोमबार बिदा थियो। स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ। हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ। मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ। असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ।

        कमेन्टहरु