मधेश प्रदेश, समाचार

    बहुदरमाई नगरपालिकाद्धारा होली मिलन कार्यक्रम सम्पन्न

    रंजित चौरसिया
    २०७९ फाल्गुन २२ | मध्यान्ह ०९:११ बजे

      वीरगंज २२ फागुन । पर्साको बहुदरमाई नगरपालिकाको आयोजनामा सोमबार होली मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागिहरुले अबिरको टिका लगाएर होलीको शुभकामना अदानप्रदान गरेका थिए ।

      कार्यक्रममा वोल्ने वक्ताहरुले होली पर्वको मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । खास गरि होली मौलिक परम्परामा अधारित रहेको तर यता केहि बर्ष देखि परम्परागत गित हराउँदै गएकोले त्यसलाई संरक्षण गर्न जरुरी रहेको वक्ताहरुको भनाई थियो ।

      बहुदरमाई नगरपालिकाको नगर प्रमुख सिंगासन साह तेलीको अध्यक्षतामा भएको कार्यक्रममा उप–प्रमुख सुष्मा कुमारी कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत मो. शेरे मुस्तफा, नगरपालिका वडा नं १ का वडा अध्यक्ष प्रमोद यादव, वडा नं ६ का वडा अध्यक्ष प्रमोद प्रसाद साह, वडा नं ८ का वडा अध्यक्ष पुनिलाल साह, वडा नं ९ का वडा अध्यक्ष रवि गुप्ता, स्वास्थ्य संयोजक वीरेन्द्र प्रसाद साह, लेखा प्रमुख उपेन्द्र साह, राजस्व शाखा प्रमुख हरी प्रसाद कुर्मी, ईन्जिनियर विनेश साह, बहुदरमाई नगरपालिकाका सम्पूर्ण समुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका लगायत कर्मचारीहरुको सहभागीता रहेको थियोे ।

        कमेन्टहरु