रुपन्देहीमा कुलोमा डुबेर एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ फाल्गुन २२ | मध्यान्ह ०४:११ बजे

बुटवल । रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–७ का ३० वर्षीय गणेश थारु रहेको छ । उनको सोमबार कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले भलवारी कुलोमा डुबी मृत अवस्थामा फेला परेको बताए ।
सो घटनाबारेमा अनुसन्धान भइरहेको उनले बताए ।





