पश्चिम नवलपरासीको भगतपुराबाट भन्सार छली ल्याइएको अवैध मोबाइल बरामद

नवलपुर टुडे
२०७९ फाल्गुन २२ | मध्यान्ह ०१:११ बजे

नवलपरासी, फागुन २२ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – ५ भगतपुराबाट प्रहरीले अबैध रुपमा भन्सार छलेर ल्याइएको मोबाइल फोन बरामद गरेको छ ।
प्रहरी चौकी गिर्मीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान करिब १०:४० बजेको समयमा भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउदै गरेको Smart7 मोबाईल ११ पिस र POCO M4 Pro मोबाईल २५ पिस बरामद गरेको हो । प्रहरीलाई देखेपछि मानिस भने मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको मोबाइलको अन्दाजी मूल्य रु. १० लाख ६२ हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । उनका अनुसार मोबाइल आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भइरहेको छ ।





