समाचार

    प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

    नवलपुर टुडे
    २०७९ फाल्गुन २१ | मध्यान्ह ०६:११ बजे

      खुरसेद हजाम
      नवलपरासी, फाल्गुन २१ । पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिकाकाे प्रशासनिक भवनकाे आइतबार शिलान्यास गरिएको छ । प्रतापपुर गाउँपालिकाकाे प्रशासनिक भवनकाे लागि ४ तले सुविधा सम्पन्न पक्की भवन निर्माण हुने भएको छ ।

      गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले विधिवत रुपमा भवनको शिलान्यास गरेका हुन् । बिगत ६ बर्षदेखि आफ्नो भवन नहुँदा गाउँपालिकाले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । पालिकाको आफ्नो भवन भएपछि गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधालाई अझै प्रभावकारी बनाउने उद्देश्यले भवन निर्माण गर्ने लागिएको यादवले बताए ।

      कुल १४ कराेड ६८ लाख ४९ हजार १ सय ९९ रुपैयाँ बराबरकाे लागतमा शौचालयसहितको ३४ कोठे पक्की भवन निर्माण हुने बताईएकाे छ । २ बर्ष भित्र निर्माण कार्य सम्पन्न गरी सेवा सन्चालनमा ल्याउने याेजना रहेकाे अध्यक्ष यादवले जानकारी दिए । लिफ्टसहितकाे भवन निर्माण हुने बताइएकाे छ । प्रशासनिक भवन निर्माण हुन लाग्दा स्थानीयबासीहरु हर्षित भएका छन् ।

      photo 2023 03 05 18 13 35

      photo 2023 03 05 18 13 38

        कमेन्टहरु