शिक्षा

    कक्षा १२ को परीक्षाको परीक्षा तालिका सार्वजनिक

    असिम कामु
    २०७९ फाल्गुन २१ | मध्यान्ह ०५:११ बजे

      काठमाडौं, फागुन २१ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आइतबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

      परीक्षा आगामी वैशाख २६ देखि जेठ ५ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

      बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको समय तालिका सार्वजनिक गरिएको जनाएको छ ।3Ga3KvGbuE230305093223

        कमेन्टहरु