बारामा बसको ठक्करबाट एक पुरुषको मृत्यु

नवलपुर टुडे
२०७९ फाल्गुन २१ | मध्यान्ह ०४:११ बजे

बारा, फागुन २१ । बारामा बसको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।
आइतबार वीरगन्जबाट विराटनगर जाँदै गरेको को १ ख ५७०० नम्बरको बसले बाराको बुधचोकमा ५० वर्षीय मजिद मियाँलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जको गण्डक हेल्थकेयर अस्पतालमा लैजाँने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
बसका चालक सिरहाका ४२ वर्षीय ललन कुमार दास र बसलाई इलाका प्रहरी कार्यालय निजगढमा राखेर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।





