ओखलढुंगामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, आठ घाइते

नवलपुर टुडे
२०७९ फाल्गुन २१ | बिहान ११:११ बजे

ओखलढुंगा, फागुन २१ । ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३, दियालेमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
आइतबार बिहान ना१ज ८४७३ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा आठजना घाइते भएका छन् । घाइतेहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरेर उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिए ।





