समाचार

    एक महिनादेखि बेपत्ता बालिका मृत फेला

    नवलपुर टुडे
    २०७९ फाल्गुन २१ | बिहान ०६:११ बजे

      ताप्लेजुङ, फागुन २१ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता बालिका मृत भेटिएकी छिन् । छ वर्षीय सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

      सोनिया गत माघ २५ देखि बेपत्ता थिइन् । घरदेखि करिब आधा घण्टाको पैदल दुरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप्लेजुङ पहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

      उनकाअनुसार सुगुरलाई चारो खोज्न निस्किएका स्थानीयले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर भएको थियो । बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ । शव भेटिएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो ।

      घटनास्थल सदरमुकाम फुङलिङदेखि झण्डै एक दिनको पैदल दुरीमा पर्छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

        कमेन्टहरु