पाल्पाको रैनादेवी छहरास्थित जलुके झरनामा डुबेर एक युवकको मृत्यु

नवलपुर टुडे
२०७९ फाल्गुन २० | मध्यान्ह ०५:११ बजे

पाल्पा, फागुन २० । पाल्पाको रैनादेवी छहरा – ७ स्थित जलुके झरनामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका – ८ सत्यवतीका १७ वर्षीय भिमबहादुर रानाको आज मध्याह्न करिब १२ बजे मृत्यु भएको छहरा स्वास्थ्य शाखा प्रमुख जीवन रानाले जानकारी दिए ।
घटनाको बारेमा अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थल पुगेको रानाले बताए ।





