देश

    धनुषाको राजदेवी मन्दिरमा चोरी गर्ने गिरोह पक्राउ

    नवलपुर टुडे
    २०७९ फाल्गुन २० | मध्यान्ह ०५:११ बजे

      जनकपुरधाम, फागुन २० । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका – १ रमदैयास्थित राजदेवी मन्दिरको मूर्ति चोरी गर्ने गिरोह पक्राउ गरेका छन् । बिहीबार राती धनुषा प्रहरीले पक्राउ गरेका उनीहरुलाई शनिबार सार्वजनिक गरेको हो ।

      पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका – ५ का ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपािलका ४ सुन्दरपुरका २१ वर्षीय मोहमद हबगुल्ला साह सोही ठाउँका २२ वर्षीय नर्सुदिन साह, ३० वर्षीय सरिफ मुसलमान र कमला नगरपािलका ७ हथमुन्डाका २२ वर्षीय रमेश कुमार महतो रहेको प्रहरीले जनाएको छ ।उनीहरु चोरी गरेको समान लिएर भारत जाँदै गरेको अवस्थामा जनकनन्दनी गाउँपालिका – ३ महुवास्थित रेलवे लिकबाट पक्राउ परेका थिए ।

      प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली, मूर्तिसहितको चाँदीको पिँढी २ केजी, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप एक केजी, चाँदीको थाली ५०० ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टी १२ तोला, सुनको मनटिका ६ अना, सुनको नथिया १० अना, सुनको सिक्रि चारअना, नाकको टप एक अना, कानको बाली ६ अना, दानपेटिकामा रहेको खुद्रा पैसा बरामद गरेका छन् ।

      साथै उनीहरुको साथबाट मोबाइल १३ थान, नगद एघार हजार ५००, टुक्रा पारिएको चाँदी दुई केजी, चरेशको थाल सात थान, हथौडा एक थान, दविया तीन थानलगायतको समानहरु बरामद भएको प्रहरीले जनाएको छ । 

      photo 2023 03 04 17 21 46

        कमेन्टहरु