अर्थ, भ्रष्टाचार, मधेश प्रदेश, मुख्य समाचार, समाचार

    आन्तरिक राजस्व कार्यालय पर्साका प्रमूख तिवारी “ऐनी हाऊ पैसा कमाउ अभियानमा”, अधिकृत पटेलको ग्रान्डडिजाइनमा अवैध असुली तिब्र

    रंजित चौरसिया
    २०७९ फाल्गुन २० | मध्यान्ह ०४:११ बजे

      वीरगंज, २० फागुन । आन्तरिक राजश्व कार्यालय वीरगंज पर्साले होली पर्व लक्षित अनुगमनको नाममा बजारबाट अबैध असुली गरिरहेको रहस्य उजागर भएको छ । विभिन्न तरिकाले सरकारको राजश्व छली गर्ने साना देखि ठुला कारोबारीहरु संग अनुगमन तथा निगरानीको नाममा आन्तरिक राजश्व कार्यालय वीरगंजका कर्मचारीहरुले अबैध असुली गरिरहेको गुनासो उद्योगीहरुको रहेको छ ।

      आन्तरिक राजश्व कार्यालय वीरगंज पर्सामा आएको झण्डै एक महिना पनि नबितेको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयका कर्मचारीहरुलाई परिचालन गरि बजार अनुगमनको नाममा अबैध असुली गराईरहेको समाचार स्रोतले जनाएको छ ।

      वीरगंज लगायत पर्साको ग्रामीण बजारहरुमा संचालित विभिन्न फर्महरुमा होली पर्वको मुखमा अनुगमन गरि अबैध तरिकाले कारोबार गर्ने केही फर्महरुलाई कारबाही गरि अरु फर्महरुसंग अबैध असुली गरिरहेको स्रोतको दाबी छ ।

      स्वयम् कर वितरण अनुसार करदाताले पेस गरेको आयात निर्यात, खरिद बिक्रीको विवरण ठिक नभएको आधारमा अनुुसन्धान गर्दै कमीकमजोरी फेला परेका फर्महरुलाई कारबाही गरि राजश्व असुली गर्नुको सट्टा कर्मचारीहरुले जरिवाना लाग्ने रकमभन्दा कम रकम लिई अबैध असुली गरिरहेको व्यापारी स्रोतको आरोप छ । पर्सा जिल्लाको ४ नम्बर क्षेत्रमा पर्ने आसवारी घर भई हाल आन्तरिक राजश्व कार्यालय वीरगंज पर्सामा कार्यरत कर अधिकृत संदिप पटेलको डिजाईन र प्रमुख कर अधिकृत तिवारीको निर्देशनमा त्यस कार्यालयका कर्मचारीहरु समुह बनाएर अनुगमनको नाममा कर छली गरि कारोबार गर्ने व्यापारीहरुसंग अबैध असुली गरिरहेको बताईएको छ । जसलाई आन्तरिक राजश्व कार्यालय वीरगंज कार्यालयको अनुगमन तथ्याङकले पनि पुष्टि गरेको भन्दा खासै फरक नपर्ने देखिन्छ ।

      त्यस कार्यालयबाट होली पर्वको एक हप्ता अघि अर्थात फागुन १७ गते दुई समुह बनाएर बजार अनुगमनमा निस्केका कर्मचारीहरुले विभिन्न फर्महरुमा अनुगमन गरि जम्मा २० वटा फर्महरुलाई एक लाख जरिवाना गरेको कार्यालयको तथ्याङकले देखाउँछ । स्रोतका अनुसार अनुगमनका नाममा यस कार्यालयका कर्मचारी पर्साको विभिन्न ठाउँमा संचालित फर्म, गोदाम, ट्रान्सपोर्ट लगायतका ठाउँमा गई खरिद बिल, बिक्रि बिल र स्टक मालसमान लगायतका कागजातहरु छानबिन गरेर अबैध कारोबार गरि राजश्व छल्ने कारोबारीहरुसंग अबैध असुली गरिरहेको घाम जस्तै छर्लङ्ग भएको छ ।
      पर्सा जिल्लाको सिमानाकाबाट साना देखी ठुला व्यापारीहरुले गर्ने तस्करीको घटना कुनै नौलो विषय होईन । प्रहरीकै मिलेमतोमा मासिक करोडौंको कारोबार गरेर लाखौं राजश्व छली गर्ने नाम चलेकै कैयौं तस्करहरु छन् । जो मध्ये पर्सामा नाम चलेका तस्कर हुन् मदन रुन्चे भन्ने मदन गुप्ता, मुन्ना जयसवाल, किशोर जयसवाल लगायत रहेका छन् । आन्तरिक राजश्व कार्यालयबाट अगुमनको नाममा खटेका कर्मचारीहरुले मदन रुन्चे, मुन्ना जयसवाल÷किशोर जयसवाल लगायत अबैध कारोबार गर्ने धेरै व्यापारीहरु संग होली पर्वको मुखमा अनुगमनको नाममा अबैध असुली गरि उन्मुक्ति दिएको स्रोतले दाबी गरेको छ । तस्करीकै माध्यमबाट लाखौंको कपडा तस्करी गर्ने मदन रुन्चेले त तस्करी बारे गत वर्ष आफैले स्वीकारेको जगजहेर नै छ ।

      स्थानीय भएको कारण वीरगंज लगायत पर्साको विभन्न ठाउँमा संचालित कुन कुन फर्म, ट्रन्सपोर्ट वा व्यापारीहरुले अबैध कारोबार गरिरहेको बारे कर अधिकृत पटेललाई राम्रो जानकारी रहेकोले प्रमुख तिवारी सहितको समन्वयमा यस कार्यालयबाट अनुगमनको कर छली गर्ने व्यापारी संग अबैध आर्थिक लाभ लिईरहेको बताईन्छ । कर छली गर्ने व्यापारीहरुको गोप्नीयता कायम राख्ने कानुनी व्यवस्था रहेकोले कुनै हालतमा करदाताको कागजात वा विवरण दिन नमिल्ने कर अधिकृत तथा सूचना अधिकारी संजय कुमार सरदारले बताउँदछन् । करदाताको गोप्नीयता राख्ने अधिकार रहेको बाहानामा कुन व्यापारीलाई के कारण कति जरिवाना गरियो वा गरिएन बारे कुनै कागजात र विवरण दिन नमिल्ने अधिकारको फाईदा उठाउँदै प्रमुख तिवारीको निर्देशन र अधिकृत पटेलको डिजाईनमा यस कार्यालयका कर्मचारीहरुलाई अबैध आर्थिक लाभ लिन भ्याई नभ्याई छ । अधिकृत पटेलले अनुगमनको नाममा आफ्ना आसेपासे एक दुई जना पत्रकारहरुलाई लिएर हिडने गरेका छन् र ती पत्रकारहरु प्रायः दिनभरी कर कार्यालयमा गएर पटेल सँग टासिएर दिन बिताउने गरेको बताईन्छ । पटेल पर्साको गाउँपालिकाहरुमा कार्यरत्त रहंदा ती पत्रकारहरु सँग नजिकिएर गोप्य सूचना छपाउने, कमिशनको हालिमुहाली चलाउने गरेका थिए ।

      अनुगमन र नियमनको नाममा कर्मचारीहरुको मालकमाउ धन्धाकै कारण माघ महिनामा लक्ष्यको आधा मात्रै राजश्व संकलन भएको उसैको तथ्याङकले पुष्टि गरेको देखिन्छ । त्यस कार्यालयले चालु आर्थिक वर्षको माघ महिनामा ६५ करोड ८५ लाख ३६ हजार राजश्व संकलन गर्न लक्ष्य पाएकोमा ३३ करोड ५४ लाख १४ हजार मात्रै राजश्व संकलन गर्न सकेको छ । जुन लक्ष्यको ५०.९३ प्रतिशत हो ।

      नेपाल एउटा भूपरिवेष्टित देश भएकाले हामी नेपालीहरूका लागि राजश्वको महत्व धेरै छ । सरकार मातहतका विभिन्न निकायले उठाउने राजश्वलाई देशले विकास निर्माण, सुरक्षा आदि अनेक देश हितमा सरोकार राख्ने गतिविधिहरूका लागि प्रयोग गर्दछ । हामीले देखेका देश विकासका कदमहरू चाहे ती बाटो, स्कुल बनाउने देखि पुल र अन्य भौतिक पूर्वाधारहरू अनि विकासका अन्य मापदण्डप्रति सरकारको लगानीहरूमा धेरैजसोका श्रोतहरू यीनै राजश्व नै हुन् । तर राजश्व संकलन गर्ने जिम्मेवारी पाएका निकायका कर्मचारीले नै अबैध आर्थिक लाभ लिन थालेपछि राजश्व असुलीमा गिरावट आएको छ ।

        कमेन्टहरु