देश

    प्युठानमा मिसन ग्रास रूटमा जाँदै गरेका एमाले नेता थापाको दुर्घटनामा परी मृत्यु

    नवलपुर टुडे
    २०७९ फाल्गुन २० | मध्यान्ह ०२:११ बजे

      बुटवल, फागुन २० । प्युठानमा मिसन ग्रास रूटमा जाँदै गरेका नेकपा एमाले जिल्ला कमिटी सदस्य रामबहादुर थापा गोपालको दुर्घटनामा परी मृत्यु भएको छ ।

      जिल्लाको माण्डवी गाउँपालिका-५ आपचौरमा बाटोमा काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबी र थापा सवार लु २१ प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । ४२ वर्षका थापा ऐरावती – २ निवासी हुन् । उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकी वसन्ता भुसाल आचार्य घाइते भएकी छन् । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

      एमाले प्युठानका जिल्ला कमिटी सदस्यद्वय थापा र भुसाल मिसन ग्रास रुट कार्यक्रमका लागि सरुमारानी – २ रानिबगरमा आयोजना भएको वडास्तरीय कार्यक्रममा सहभागी हुन जाँदै थिए । दुर्घटनापछि कार्यक्रम स्थगित गरिएको एमाले सरुमारानी पालिका कमिटीका सचिवालय सदस्य जागेश्वर पोख्रेलले जानकारी दिए ।

        कमेन्टहरु