देश

    कैलालीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

    नवलपुर टुडे
    २०७९ फाल्गुन २० | बिहान ११:११ बजे

      कैलाली, फागुन २० । कैलालीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

      पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ – लालपुरमा माउन्ट शैपाल स्कुलको से १ क २०४१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      बसको ठक्करबाट गम्भीर घाइते भएका आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

      आलेको मृत्युपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्गमा अवरुद्ध गरेका हुन् ।

        कमेन्टहरु