देश

    कपिलवस्तुको विजयनगरमा प्रहरी र बन कर्मचारीको मिलिमतोमा काठ तस्करी

    नवलपुर टुडे
    २०७९ फाल्गुन १९ | मध्यान्ह ०२:११ बजे

      धर्मेन्द्र चौधरी
      कपिलवस्तु, फागून १९ । कपिलवस्तुको विजयनगरमा प्रहरी र ठकुरापुर बन कर्मचारीको मिलिमतोमा काठ तस्करी हुँदै आएको पाइएको छ ।

      विजयनगर गाउँपालिका र भारतको बलारामपुर नेपाल-भारत सिमामा दर्जनौं काष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट अवैध रूपमा कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन् ।

      विजयनगर गाउँपालिकाको वडा नम्बर ६, ७ र कृष्णनगर नगरपालिका वडा नम्बर १२ भारतीय जंगलसँग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउँछन् र बिहानै काष्ठ उद्योगहरुमा पुर्‍याइदिन्छन् ।

      जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर, परशरामपुर घाट लगायतकाे क्षेत्र हुँदै काठ तस्करी भइरहेको स्राेतले जनाएको छ ।

        कमेन्टहरु