देश

    मलेसियामा पुर्वी नवलपरासी कावासोतीका २१ वर्षीय मन्जित राना मगरकाे मृत्यु

    नवलपुर टुडे
    २०७९ फाल्गुन १८ | मध्यान्ह ०८:११ बजे

      रामजि प्रजापति
      क्वालालम्पुर (मलेसिया) । आफ्नो देशमा रोजगार नभएपछि विदेशिनु पर्ने हामी नेपालीको प्रमुख बाध्यतानै बनिसकेको छ। आफू र आफ्नो परिवारलाई खुसी राख्नकै लागी मलेसिया र खाडी मुलुक जाने नेपाली युवाको संख्या झन-झन बढ्दै गैइरहेको छ्न । करिब करिब ६० लाख नेपालीहरु वैदेशिक रोजगारीमा कार्यरत रहेको तथ्यांकमा देख्न सकिन्छ।

      तर, विदेशमा पुगेर पनि भने जस्तो काम हुँदैन, नेपालबाट म्यानपावर र दलालहरुले धेरै रकम सेलरी आउने भनेर तोकेर पठाए बमोजिम तलब नपाउने ठगीमा पर्ने, काम गर्ने क्रममा दुर्घटना हुने, अपाङ्ग हुने ज्यान गुमाउने जस्ता समस्या हामीले सुन्दै र भोग्दै आएका छौ।

      यस्तै सोही वैदेशिक रोजगारीकै क्रममा मलेसियामा कार्यरत एक नेपाली श्रमिकको यहीँ मिति सन् २०२३ फेब्रुअरी २८ तारिख मंगलबारको दिन अकस्मात् मृत्यु भएको छ । पुर्वी नवलपरासी कावासोती निवासी २१ वर्षीय मन्जित राना मगरकाे मृत्यु भएको हो ।

      मृतक मगर मलेसियाको जोहरबारुस्थित सेनाईमा ट्रेण्ड ट्कनोलोजी मलेसिया एसडिएन बिएचडी (TREND TECHNLOGIES MALAYSIA SDN BHD) नामक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत रहेका थिए। मृतक मगर करिब ३ महिना अघि मात्रै जन्मभुमि छाडेर मलेसिया आइपुगेका थिए।

      तीन महिना अघि एकै परिवारका दुई मगर दाजू भाईनै एउटै कम्पनीमा काम गर्न आईपुगेका थिए । तर, भाइकाे मृत्यु भएपछि दाइ मिलन राना मगर अहिले एकदमै धेरै मानसिक पिडामा छन् । साथै आफू पनि अब स्वदेश फर्किने वा विदेशमै काम गर्ने भन्ने बारेमा अलमलमा परेको बताए ।

      स्वास्थ्य अवस्था राम्रै देखिने मृतक मगर कुनै रोगको बिरामी पनि थिएन । बेलुका राम्रैसँग खाना खाएर सुतेका थिए। तर, बिहानको करिब ४:१५ बजे तिर खोक्दै गरेको र उनी छट्पटाई रहेकाे सुत्ने खाट हल्लेपछि एकै रुममा सुत्ने अन्य साथीहरुले थाहा पाएपछि सबैले उनलाई बोलाउँदा बोलाउँदै करिब ५ मिनेटमा उनको मृत्यु भएको कुरा सोही कम्पनीमा कार्यरत र होस्टेलमा संङ्गै बस्ने हेल्प मधेसी मलेसियाका वरिष्ठ-उपाध्यक्ष सुरेन्द्र महतोले जानकारी दिनुभयो।

      साथै मृतक मगरको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको र आवश्यक सम्पुर्ण प्रक्रिया पूर गरेर स्वदेश पठाउन कम्पनीले काम सुरु गरिसकेको र नेपाली दुतावास मलेसियाले पनि आवश्यक अनुसारको सहयोग गर्न तत्पर रहेको पनि महतोले बताउनु भयो।

        कमेन्टहरु