समाचार

    उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउन सैनिक अदालतको आदेश

    नवलपुर टुडे
    २०७९ फाल्गुन १८ | मध्यान्ह ०८:११ बजे
    फाइल तस्बिर

      काठमाडौ । सैनिक अदालतले उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउन आदेश दिएको छ । बिहीबार उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठन भएको सैनिक अदालतले शाहीलाई सेवाबाट हटाउन आदेश दिएको हो ।

      आर्थिक अनियमितता गरेको, सैनिक आचरण, मर्यादाको उल्लंघन गरेको आरोप शाहीमाथि थियो । उक्त आरोपमा उनी दोषी ठहर भएको सैनिक प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। 

      यस्तै प्राड महासेनानी महेन्द्रजंग शाह र प्राड प्रमुख सेनानी कुलदीप तिमल्सिनाले पनि सैनिक ऐन विपरीतको कार्य गरेको भन्दै सामान्य सजाय तोकिएको उनले बताए । सामान्य सजाय कस्तो खालको हो भन्नेबारे उनले प्रष्ट्याएनन । शाहीले कसरी आर्थिक अनियमितता गरेको र सैनिक ऐन विपरीतको काम गरेको भन्ने सेनाले खुलाएको छैन। 

        कमेन्टहरु