डिआईजीमा बढुवा श्रेष्ठले दर्ज्यानी चिन्ह अफ्रिकामा प्राप्त

नवलपुर टुडे
२०७९ फाल्गुन १८ | मध्यान्ह ०७:११ बजे

काठमाडौ । सशस्त्र प्रहरी बलमा हालै डिआईजी पदमा बढुवा भएका एसएसपी सुरेशकुमार श्रेष्ठले दक्षिणी सुडानमा दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले श्रेष्ठलाई दक्षिण सुडानमा उक्त चिन्ह प्रदान गरेका हुन् । श्रेष्ठ फागुन ४ गते बढुवा भएलगत्तै त्यहाँस्थित राष्ट्र संघीय मिसनमा गएकाले मुख्यालयमा फागुन ८ गते आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा अनुपस्थित भएको बताइन्छ ।
महानिरीक्षक अर्याल सोमबार राति मेडल परेडको निम्ति त्यसतर्फ जानुभएको हो । सोही क्रममा श्रेष्ठले आफ्नो दर्ज्यानी चिन्ह प्राप्त गरेका हुन् । यसअघि तीन जना डिआईजीहरु अन्जनीकुमार पोखरेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापाले बलको मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालको हातबाटै दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए ।





