देश

    भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

    नवलपुर टुडे
    २०७९ फाल्गुन १८ | बिहान ०९:११ बजे

      बझाङ । बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बुङ्गल नगरपालिका–१० खेताचाल डौड की ५४ वर्षीया रत्ना देवी बागको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो।

      बुधबार साँझ ५ बजेको समयमा बुङ्गल नगरपालिका–४ झापामा रहेको कृषि विकास बैंकबाट नाती नातिनीको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किनेक्रममा घर नजिकैको माझापड भन्ने ठाउँबाट करिब १ सय मिटर तल लडेर घटना स्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

        कमेन्टहरु