खेलकुद

    एन्फाका बैठक ११ जना सदस्यद्वारा बहिस्कार

    नवलपुर टुडे
    २०७९ फाल्गुन १७ | मध्यान्ह ०२:११ बजे

      काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्षसहित ११ जना सदस्यहरूले कार्यसमितिको बैठक बहिस्कार गरेका छन् । 

      बुधबार एन्फा कम्प्लेक्समा बसेको बैठकमा उनीहरूले आफ्ना ६ वटा एजेन्डाहरू थप गर्न माग गरेका थिए ।

      तर, त्यसलाई बेवास्ता गर्दै जबरजस्ती बैठक अघि बढाइएको भन्दै उनीहरू बैठकबाट बाहिरिएका हुन् । बैठकबाट बाहिरिनेमा उपाध्यक्ष कुमार केसी, दीपक खतिवडालगायत रहेका छन् ।

        कमेन्टहरु