देश

    ६ बर्षपछि प्रदेश १ को नामकरण प्रयास : विराटनगरमा निषेधाज्ञा जारी

    नवलपुर टुडे
    २०७९ फाल्गुन १७ | मध्यान्ह ०२:११ बजे

      बिराटनगर । प्रदेश १ को नाम प्रदेशसभाले टुंगो लगाउने प्रयास गरिरहँदा स्थानीय प्रशासनले भने निषेधाज्ञा जारी गरेको छ ।

      मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले नामांकनको विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेका हुन् । बुधबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म प्रदेश राजधानी विराटनगरको देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवासवरपर निषेधाज्ञा जारी गरिएको हो ।

      निषेधाज्ञाका अवधिमा कुनै किसिमका सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता गतिविधिमा रोक लगाइएको छ ।
      प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमालेले कोसी प्रस्ताव गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा ´किरात-लिम्बुवान-सगरमाथा प्रदेश` प्रस्ताव गरेका छन् ।

      photo 2023 03 01 14 28 52

        कमेन्टहरु