देश

    घाँस काट्न गएका ७ बालिकाहरु बेपत्ता

    नवलपुर टुडे
    २०७७ चैत्र १८ | बिहान १०:१२ बजे

      चैत १८,जनकपुरधाम।
      महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु बेपत्ता भएका छन् ।

      १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान बेपत्ता भएको प्रहरीले जनाएको छ ।

      यी सातै जना मंगलबार दिउँसो घाँस काट्न गएको र अहिलेसम्म घर नफर्केको उनीहरुको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

      ‘घाँस काट्न गएका ७ जना किशोरी र बालिका बेपत्ता सूचना आएको छ,’ महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले नवल पुर टुडे सग भने, ‘हामी खोजी गरिरहेका छौं । अहिलेसम्म कुनै सूचना प्राप्त भएको छैन ।’
      एकै पटक ७ जना बेपत्ता भएपछि गाउँमा त्रास उत्पन्न भएको छ ।

        कमेन्टहरु