परासीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु


परासी, फाल्गुन १० । पश्चिम नवलपरासीमा गयराति मोटरसाइकल दुर्घटना हुदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी रामग्राम नगरपालिका – १४ रेक्सहवा बस्ने बर्ष ३५ को प्रदिप यादव रहेको छ ।
गयराती अन्दागी २०:३५ बजे रामग्राम निलोगेटस्थित सुनवल-परासी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको लु ५ प ९६७ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई गेटमा ठक्कर खादा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालकको टाउकोमा चोट लागि गम्भीर घाईते भएका थिए ।
उनलाई उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्याउदा त्यहाँबाट थप उपचारको लागि मेडिकल कलेज भैरहवामा पठाएको थियोे । उनको उपचारको क्रममा गयराती ९:५५ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।
दुर्घटना स्थलमा प्र.नि. धर्मराज खत्रीको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली खटि थप अनुसन्धान कार्य भईरहेकोसमेत पाण्डेयले बताए ।





