मधेश प्रदेश

    सुखिपुर नगरपालिकामा नगरप्रमुखको रजाइँ, स्वास्थ्य शिविरमा छोरालाई नियुक्ति

    नवलपुर टुडे
    २०७९ फाल्गुन १० | बिहान ०९:११ बजे

      सिरहा, फाल्गुन १० । सिरहाको सुखिपुर नगरपालिका भ्रष्टाचारको आखाडा बन्दै गएको स्थानीय युवाहरूले आरोप लगाउदै आएका छन । आरोप प्रमाणसहित स्थानीय समाजिक अभियन्ता गुमस्ता कुमार यादव लगायत स्थानीय युवाहरुले विगत लामो समयदेखि आरोप लगाउदै आईरहेका हुन।

      सुखिपुर नगरपालिका भित्र भ्रष्टाचार भएको छैन भने स्थानीय समाजिक अभियन्ता यादवले नगर प्रमुखलाई खुला रुपमा पार्दर्शिता गर्न बारम्बार चुनौती दिदै आईरहेको बताएका छ्न । हाल एक स्वास्थय शिविर संचालनमा नगर प्रमुख राम औतार यादवले आफ्नो छोरा डा. लुइसेन कुमार यादवलाई स्वास्थय कर्मीमा नियुक्तिसमेत गरिएको स्थानीयले आरोप लगाएका छन।

      एक स्थानीयले भने, सुखिपुर नगरपालिका भित्रै अति उत्तम र प्रख्यात स्वास्थय कर्मीहरु लोकसेवा पास गरी नगरपालिका भित्रै कार्यरत छन । तर, उहाँहरुलाई प्राथमिकता नदिईकन आफ्नो छोरालाई नियुक्ति गर्नु भने सरासर अन्याय भएको बताए । त्यसै गरी सुखिपुर स्वास्थय शाखामा कार्यरत करारका कर्मचारी राजनीति गतिबिधी लगायत आफ्नो निजि आर्जन स्वार्थको लागि कार्य गरिरहेको जस्तालाई नियुक्ति गरेको स्थानीय युवाले बताए ।

      नेपाल सरकारको मातहतमा स्थानीय तहको करार कर्मचारी भए तापनि कानुन अनुसार राजनीति गतिबिधी लगायत आफ्नो निजि आर्जन स्वार्थको लागि काम गर्नु अपरिहार्य हो । कानुनको परिपालना अनुसार यस्ता करार कर्मचारीलाई कानुनको दायरामा ल्याई काजबाट बर्खास्तसमेत हुनसक्ने व्यबस्था भएपनि अहिलेसम्म नगरप्रमुखले कुनै चासो नराखिकन झन कार्यकर्तालाई संरक्षण गर्ने बढावा दिदै आईरहेको र नगर प्रमुख यादवले आफ्नो नातावाद, लठैत पाल्दै कर्मचारी नियुक्ति गरि साइबर सेना परिचालन गर्दै आईरहेको अभियान्ता यादवको भनाइ रहेको छ ।

        कमेन्टहरु