देश

    दुई छोरासहित गण्डक नगरमा हाम फाली बेपत्ता तिनै जना मृतक अबस्थामा फेला

    नवलपुर टुडे
    २०७९ फाल्गुन ९ | मध्यान्ह ०६:११ बजे

      नवलपरासी, फाल्गुन ९ । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई छोरासहित हाम फालेकी महिला र दुबै जना छोराको शव प्रहरीले मृतक अबस्थामा उद्वार गरेको छ ।

      प्रहरीले उद्धारको क्रममा घटनास्थलदेखि अन्दाजी सय मिटर तल नहरमा आफ्ना दुवै बालकलाई हातमा सलको डोरीले बाँधी संगै नहरमा हाम फालेको अवस्थामा तीनै जनालाई मृतक अबस्थामा फेला पारी उद्वार गरिएको छ । प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको टोलीले फेला पारी शव उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

      आज दिउँसो १:५५ बजे पश्चिम नवलपरासी सुस्ता गाउँपालिका – २ हरकपूरा महलबारी बस्ने बर्ष २९ की प्रतिमा थारुले दुई छोरासहित गण्डक नहरमा हाम फालेको खबर स्थानीयद्वारा दिउँसो १४:४० बजे प्रहरी चौकी कुडियामा खबर प्राप्त हुना साथ तत्काल उक्त स्थानमा चौकीबाट प्र.ब.ह. बिज्ञान भट्टराईको कमाण्डम ३ जना र इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्र.नि. नवराज केसीको कमाण्डमा ७ जनाको टोली खटि गए स्थानीय र प्रहरीको सक्रियतामा खोजतलास कार्य गरेको थिए । घटनाको बारेमा अनुसन्धान कार्य भईरहेको पाण्डेले बताए ।

        कमेन्टहरु