पश्चिम नवलपरासीमा ३ लाख ४९ हजार २ सय ४० मुल्य बराबरको अवैध सामान बरामद


परासी । पश्चिम नवलपरासी प्रहरीले फल्गुण १ गतेदेखि फाल्गुन ५ गतेसम्ममा ३ लाख ४९ हजार २ सय ४० रुपियाँ बराबरको अबैध मालसामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट उक्त मूल्य बराबरको मालसामान बरामद गरिएको हो ।
फाल्गुन १ गतेदेखी ५ गतेसम्मको अवधीमा भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ६८ हजार ६ सय ४० मुल्य बराबरको १३४ गोटामा ३१२ केजी बोईलर कुखुरा, ९७ हजार २ सय मुल्य बराबरको कपडा, २५ हजार मुल्य बराबरको १२० केजी प्लाष्टिक झोला, ९६ हजार मुल्य बराबरको भाडा वर्तन, ३० हजार मुल्य बराबरको हार्डवयर सामान तथा २३ हजार ४ सय मुल्य बराबरको बिभिन्न किराना सामान लगायतका मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरिएको हो ।
बरामद गरिएको बोईलर कुखुरा आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाईएको छ भने अन्य सम्पुर्ण सामान महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।





