देश

    पश्चिम नवलपरासीको गण्डक नहरमा दुई छोरासहित महिला हाम फाली बेपत्ता

    नवलपुर टुडे
    २०७९ फाल्गुन ९ | मध्यान्ह ०३:११ बजे

      नवलपरासी, फाल्गुन ९ । पश्चिम नवलपरासीमा एक महिला दुई छोरासहित गण्डक नहरमा हालफाली बेपत्ता भएका छन । बेपत्ता हुनेमा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका – २ हरकपूरास्थित महलबारी बस्ने तिर्थराम थारुको श्रीमती बर्ष २९ की प्रतिमा थारु र उनको दुईजना नाबालक छोराहरु रहेका छन । उनको मानसिक सन्तुलन सामान्य नरहेकोले होस गुमाउदा नहरमा हाम फालेको हुन सक्ने प्रहरीले बताएका छन ।

      उनले आज दिउँसो १:५५ बजे गण्डक नहरमा हाम फालेकी हुन । उनले आफ्ना दुई छोरा बर्ष अं.९ को क्रिश थारु र बर्ष अं. ७ को सुमित थारुलाईसमेत साथमा लिई पानीमा हाम फालि बेपत्ता भएका हुन ।

      आज १४:४० बजे स्थानिय मार्फत प्रहरी चौकी कुडियामा खबर प्राप्त हुना साथ तत्काल उक्त स्थानमा चौकीबाट प्र.ब.ह. बिज्ञान भट्टराईको कमाण्डम ३ जना र ई.प्र.का. बेलाटारीबाट प्र.नि. नवराज के.सी.को कमाण्डमा ७ जनाको टोली खटि गए स्थानीय र प्रहरीको सक्रियतामा खोजतलास कार्य भईरहेको छ ।

      उनको श्रीमान रोजगारीको शिलशिलामा भारत रहेको छ भने घरमा सासु आमा रहेको छ । महिलाको के कति कारणले दुईजना बालकसहित नदीमा हाम फालेको भन्ने कुरा हालसम्म खुलेको छैन । उक्त सन्दर्भमा अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे नवलपुर टुडेलाई बताए ।

        कमेन्टहरु