मधेश प्रदेश

    सिरहाबाट गाँजासहित तीन जना पक्राउ

    नवलपुर टुडे
    २०७९ फाल्गुन ९ | बिहान ०९:११ बजे

      सिरहा । सिरहा जिल्लाबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मिचैया नगरपालिका – ६ बस्ने वर्ष ४६ को कुशेश्वर यादव, धनगढीमाई नगरपालिका – १४ बस्ने वर्ष ३६ को गौरव शाही र धनगढीमाई बस्ने वर्ष २४ को काले भन्ने भुपेन्द्र बहादुर रहेको प्रहरीले जनाएको छ ।

      फाल्गुन ७ गते अबैध गाजा बिक्रि वितरणको लागि लैजाने क्रममा सिरहा मिचैया नगरपालिका – ६ कटारी चोकबाट पक्राउ गरेको हो । उनीहरुलाई गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा र लागूऔषध नियन्त्रण ब्युरो सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेका हुन ।

      उनीहरुलाई पक्राउ गरी चेकजाँच गर्ने क्रममा कालो झोलाबाट अवैध लागूऔषध गाँजा १० किलो ५०० ग्राम फेला परेको छ । लागुऔषध गाजासहित पक्राउ पर्नेहरुकाई जिल्ला अदालत सिरहाबाट लागूऔषध मुद्धामा दिन ७ (सात) को म्याद लिई हिरासतमा राखिएको सिरहा प्रहरीले जनाएको छ।

        कमेन्टहरु