उपाध्यक्ष मशहूदले मदरसाको समस्या समाधान गर्न अर्थमन्त्री र शिक्षा सचिवलाई दिए ज्ञापन पत्र


कपिलवस्तु, फागुन ९ । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले उप प्रधानमन्त्री तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल तथा शिक्षा सचिव राम कृष्ण सुवेदीलाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र बुझाएका छन् l
मदरसामा पढाउने शिक्षकलाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले
मदरसामा दिदै आएको बार्षिक अनुदान रकम दुइ लाख एक्चालिस हजारबाट बढाएर दश लाख दिनुपर्ने प्रमुख माग सहित ज्ञापन पत्र दिइएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां ले जानकारी दिएका छन् l
उप प्रधानमन्त्री तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले
मदरसा व्यवस्थापन बारे आफू सकारात्मक रहेको तथा मदरसाका सवालमा उचित व्यवस्थापन गरि मदरसाको समस्या समाधान गरिने आश्वासन दिनुभएको उपाध्यक्ष मशहूदले जानकारी दिए l
उपाध्यक्ष खां सहित राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सल्लाहकार मेघनाथ ढकाल सहितले उप प्रधानमन्त्रीतथा अर्थ मन्त्री र शिक्षा सचिव राम कृष्ण सुवेदीलाई भेटेर मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका थिए l





