उपाध्यक्ष मशहूद मदरसको व्यवस्थापन बारे गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


कपिलवस्तु, फागुन ८ । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले आज प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) लाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् l
मदरसामा पढाउने शिक्षकलाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले
मदरसामा दिदै आएको बार्षिक अनुदान रकम दुई लाख एक्चालिस हजारबाट बढाएर दश लाख दिनुपर्ने प्रमुख मागसहित ज्ञापन पत्र दिइएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां ले जानकारी दिएका छन् l
प्रधानमन्त्री मदरसा व्यवस्थापन बारे आफू सकारात्मक रहेको तथा मदरसाका सवालमा उचित व्यवस्थापन गरि मदरसाको समस्या समाधान गरिने आश्वासन दिनुभएको उपाध्यक्ष मशहूदले जानकारी दिए l
उपाध्यक्ष खां सहित राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सल्लाहकार मेघनाथ ढकालसहितले प्रधानमन्त्रीलाई भेटेर मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका थिए l





