देश

    गुल्मीमा आगलागी ८३ वर्षीया वृद्धाको मृत्यु

    नवलपुर टुडे
    २०७९ फाल्गुन ७ | मध्यान्ह ०६:११ बजे

      इन्द्रजित नेपाली
      गुल्मी । गुल्मीमा आगलागी हुदा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी ८३ बर्षीया पवित्रा खत्री रहेको छ । उनलाई उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

      छिमेकी जंग बहादुर खत्रीका अनुसार आइतबार उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेको बेला खत्रीको साडीबाट शरीरमा आगो फैलिएर घाइते भएकी थिए ।खत्रीलाई गुल्मी तम्घासमा उपचार भई थप उपचारको लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले बताए।

        कमेन्टहरु