कांग्रेस नेता भण्डारीको पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न

नवलपुर टुडे
२०७९ फाल्गुन ५ | मध्यान्ह ०४:११ बजे

काठमाडौं, फागुन ५ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ । बिहीबार साँझदेखि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको शुक्रबार दुवै खुट्टाको सर्जरी गरिएको अस्पतालमा रहेका योगराज कंडेलले जानकारी दिए ।
भण्डारीको उपचारमा खटिएका मुख्य सर्जन डा़ सुनिल केसवानीका अनुसार भण्डारीको दायाँ खुट्टामा एकदमै डिप ईन्जरी रहेकोले सोचेभन्दा धेरै समय लगाएर सर्जरी गर्नु परेको थियो । दोस्रो सर्जरीका लागि छलफल भइरहेको छ ।
बुधबार राति ग्यास सिलिण्डर विस्फोट हुँदा नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमाको उपचारका क्रममा बिहिबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको थियो । भण्डारीलाई भने थप उपचारका लागि भारतको नेशनल वर्न सेन्टर लगिएको हो ।





