देश

    सरकारले अबदेखि प्रत्येक वर्ष पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा बिदा दिने

    नवलपुर टुडे
    २०७९ फाल्गुन ५ | मध्यान्ह ०३:११ बजे

      काठमाडौं, फागुन ५ । सरकारले अबदेखि पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा पनि प्रत्येक वर्ष बिदा दिने निर्णय गरेको छ ।

      बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले २०८० सालको क्यालेन्डर तथा पात्रोहरूमा पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा पनि विदा दिने निर्णय समेट्न लागिएको बताइन् ।

      उनले क्यालेन्डर छाप्ने काम अन्तिम चरणमा पुगेको र बिदा पुनरावलोकन गरिएको जानकारी दिइन् । गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्डरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको छ । 

      सरकारले जनयुद्ध दिवसका अवसरमा फागनु १ गते सार्वजनिक बिदा दिएको थियो ।

        कमेन्टहरु