चितवनमा ५ बर्षको भाले गैँडा मृत फेला

नवलपुर टुडे
२०७९ फाल्गुन ५ | मध्यान्ह ०३:११ बजे

चितवन, फागुन ५ । चितवनको रत्ननगर नगरपालिका वडा नं.११ स्थित पन्चकन्या सामुदायिक वन र चतुरर्मुखी सामुदायिक वनको सिमानामा शुक्रबार बिहान गैँडा मृत अवस्थामा भेटिएको छ ।
पन्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्णप्रसाद वगालेका अनुसार करिब ५ बर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको हो । गैँडाको खागखुर सुरक्षित रहेको उनले बताए । वन्यजन्तुको आक्रमणबाट गैँडाको मृत्यु भएको हुन सक्ने अध्यक्ष वगालेको भनाइ छ ।
गैँडाको २/३ महिना अगाडि नै मृत्यु भएको अनुमान गरिएको छ ।





